About Us

Welcome to Panchamukhi Secondary School, a premier educational institution dedicated to providing an exceptional learning experience for students of all ages. At Panchamukhi Secondary School, we believe that education is the foundation for a successful and fulfilling life, and we are committed to helping our students reach their full potential. Our school has a long-standing tradition of academic excellence, and we take pride in offering a comprehensive curriculum that challenges and inspires our students. From our early childhood education programs to our high school programs, we provide a supportive and nurturing environment where students can develop academically, socially, and emotionally.
Our faculty and staff are experienced professionals who are passionate about teaching and are committed to helping students achieve their goals. We believe that every student is unique, and we strive to create a learning environment that is inclusive, supportive, and engaging for all.

0 %
Hygienic Environment
0 +
Students
0 +
Teachers
0 +
Courses

Latest Events & News

भदाै २९ गते “ वालवालिकामा लगानी सुनिश्चत भविष्यकाे थालनी ” भन्ने मूल नाराका साथ वाल दिवसकाे साथै तिजकाे अवसरमा आयाेजना गरिएकाे साँस्कृतिक कार्यक्रम

गर्मी बिदासम्बन्धी सूचना।

Class Teachers and Class Captain, Class Vice Captain Of Shree Panchamukhi Secondary School – 2080 [ Class 1 to Class 10 ]

Volleyball Competition

Why Panchamukhi?

Our distinguishing feature is our capacity to comprehend students’ requirements and create appropriate courses to meet those requirements. We are a unique educational institution, esteemed by renowned scholars and admired by our rivals.

 

Academic Excellence

The top-ranked Panchamukhi is renowned for its rigorous academic programs, chances for hands-on learning, and committed instructors.

National Standards

The initiative creates a universal benchmark for education on a worldwide scale.

Rigor

lasses that are challenging and stretch students. Students who want an additional challenge might enroll in numerous courses.

Flexibility

Panchamukhi Gallery

पञ्चमुखी मा.वि. मा बाल क्लव,जुरेस र बालिका सञ्जाल गठन, शपथ ग्रहण तथा प्रमाण पत्र वितरण कार्यक्रम
Saraswati Puja
Volleyball Playing
Computer Lap

Notices

केशरी माया राना – सूचना अधिकारी
शोक विदा सम्बन्धी सुचना
बच्चा भुलाउने नाउँमा मोबाइल/टि.भी. नदेखाऔं ।
अत्यन्त जरूरी सुचना

Our Happy Students

|| पञ्चमुखीमा विद्यार्थी हुँदै गर्दा || वि.सं. २०७० साल बाट शुरु भएको पञ्चमुखी सँगैको पाइलामा आज वि.सं. २०८० साल सम्म आईपुग्दा लगभग एक दशक पुरा गर्न लागेकी छु । मैले विद्यालयमा सफलता र असफलता दुवै हासिल गरेकी छु । साथै सफलता बाट भन्दा पनि असफलता बाट धेरै कुरा सिक्न सकिने रहेछ भन्ने अनुभव गरेको छु । विद्यालयको शैक्षिक क्रियाकलाप सँगै विद्यालयको अतिरिक्त क्रियाकलापमा सहभागी हुँदै यस पञ्चमुखी माध्यमिक विद्यालयमा रहेको एक्टिभ बाल क्लवको अध्यक्षको जिम्मेवारीसम्म पुरा गर्न अवसर प्राप्त गरेको छु । मैले एक्टिभ बाल क्लवको अध्यक्ष र कक्षा १० मा अध्ययनरत छात्राको रुपमा विद्यालयको बारेमा भन्नै पर्दा यस विद्यालयले मलाई व्यवहारिक ज्ञान, सीप र क्षमतामा अब्बल हुन सिकाएको छ । अभिभावक तथा विद्यालय व्यवस्थापन समितिको सहि व्यवस्थापन , शिक्षकको नयाँ खोज तथा हामीलाई सिक्न बनाईदिनु भएको वातावरण र हामी विद्यार्थीहरुको नयाँ ज्ञान हासिल गर्न हामिमा भएको उत्साहले गर्दा पञ्चमुखी आज उत्कृष्ट विद्यालय बनेको छ । विद्यालय संरचना, विद्यालयको वरपर लगाइएको तारबारले सुरक्षा प्रदान गरेको छ, राखिएको सिसि क्यामेराले विद्यालयको सामग्री सुरक्षित राखेको छ, मनोरञ्नात्मक शिक्षा लिन पुस्तकालय, वैज्ञानिक प्रयोगात्मक कार्यको लागी विज्ञान प्रयोगशाला, सुरक्षित शौँचको लागी सुविधायुक्त शौचालय, सफा र सुरक्षित खानेपानी सुविधा लगायत बगैँचा पनि निर्माण गरिएको छ । प्रविधिमा पनि विद्यालयले फड्को मारेको छ, जसमा स्मार्ट डिजिटल बोर्ड, कम्प्युटर ल्याव, कक्षामा टि.भि., प्रोजेक्टर लगायतका सामग्रीहरु शैक्षिक क्रियाकलापमा प्रयोग भएको छ, सेनेटरी प्याड, लगायत थुप्रै यस्ता व्यवस्थापन भएको छ, जसलाई म लगायत सम्पूर्ण विद्यार्थीहरु प्रत्यक्ष रुपमा सुविधा प्राप्त गर्न सक्छौँ । यस पञ्चमुखी माध्यमिक विद्यालयमा साप्ताहिक रुपमा प्रत्येक शुक्रबार शारीरिक, मानसिक वृद्धि विकासको लागी विभिन्न अतिरिक्त क्रियाकलाप हुने गरेको छ । तातो आलु, चम्चा गुच्चा, बेलुन फुटाई, निवन्ध लेखन, वादविवाद, वक्तित्वकला, डोरी तान्ने, भलिबल लगायत खेलहरु द्धारा प्रतियोगिता हुने गर्छ । शिक्षक, विद्यार्थीको नियमित पोशाक हुने गर्छ । हामी विद्यार्थीले गर्नु पर्ने कर्तव्य पालना गर्दछौँ । अन्त्यमा, मैले एक्टिभ बाल क्लवको अध्यक्ष र कक्षा १० मा अध्ययनरत छात्राको रुपमा विद्यालया रचनात्मक काम गर्ने उदेश्य लिएकी छु । बालक्लवको तर्फबाट बाल भित्ते पत्रिका, पुस्तकालयमा थप पुस्तकहरुको माग, नियमित सरसफाई, नियमित पोशाक लगायत अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुको सक्रिय सहभागिता गराउने योजना बनाएकी छु । जसले सम्पूर्ण विद्यार्थीको शारीरिक, मानसिक र शैक्षिक क्षेत्रमा सहयोग गर्नेछ । ” पञ्चमुखी डायरी ” पत्रिका प्रकाशन गर्ने सुचनाले म लगायत सम्पूर्ण साथीहरु उत्साहित भएका छौँ । ” पञ्चमुखी डायरी ” को अंक १ मा हाम्रा कृतिहरु प्रकाशित भएका छन् । ” पञ्चमुखी डायरी ” पत्रिका निरन्तर रुपमा प्रकाशन होस्, यहि शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।
सरस्वती बिसुन्के || अध्यक्ष, एक्टिभ बाल क्लव, कक्षा १० मा अध्ययनरत छात्रा ||

बालिका सञ्जालले पनि सामाजिक विकृति न्युनिकरण गर्न सकिन्छ ! विधालयकाे शिक्षा प्राप्ति सँगै बालिका सञ्जालकाे अध्यक्षकाे जिम्मेवारी प्राप्त गरेकी छु । हामीले बालिका सञ्जालमा रहेर विशेषगरी छात्रा र छात्र हरुकाे स्वास्थ समस्याको बारेमा छलफल गर्दै आएका छाैँ । प्राकृतिक रुपमा छात्राहरूको स्वस्थ्य पुरुषको भन्दा फरक हुन्छ । उमेर पुगेका छात्राहरुकाे महिनावारी जस्ता शारीरिक समस्या आउँदा उनीहरूमा पीडा हुन्छ हुन्छ भन्ने बुझ्नु पर्छ । तर समाजमा अहिलेसम्म यस्ताे पनि छ प्राकृतिक रुपमा महिनावारी हुने महिलाहरुलाई छुट्टै बसेर खानुपर्ने, घरभित्र छिर्न नहुने जस्ता विकृति व्याप्त छ । हामी पनि विधालयमा बालिका सञ्जालमा रहेर शिक्षक सहजकर्ता सँग हाम्रा व्यक्तिगत शारीरिक, मानसिक समस्याहरुकाे बारेमा छलफल गर्ने गर्छाैं । अहिले पनि हाम्रो समुदायमा रहेकाे विभिन्न समस्याहरु र विकृतिहरुलाई बुझाउन बालिका सञ्जालकाे तर्फबाट जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने याेजना बनाएकी छु । अन्त्यमा बालिका सञ्जालले विधालयमा भएका छात्राहरूको समस्याकाे बारेमा चेतना त जगाउने काम भएको छ । तर हाम्रो आफ्नो परिवार समुदायमा समस्याको प्रकृति र यसकाे बारेमा कत्तिको चेतना जगाउन सकेका छाैँ त ? हामी विभिन्न शैक्षिक क्रियाकलाप, अतिरिक्त क्रियाकलाप, लेख, रचनाहरु, जनचेतनामूलक लेखहरु ” पञ्चमुखी डायरी ” मार्फत प्रकाशन गर्नेछौं , पत्रिका निरन्तर प्रकाशनको शुभकामना व्यक्त गर्दछु ।
मखमलि बिसुन्के || अध्यक्ष, बालिका सञ्जाल, कक्षा १० मा अध्ययनरत छात्रा ||

जुनियर रेडक्रस सर्कलबाट पनि केहि गरौँ न ! विधालयकाे शैक्षिक क्रियाकलापमा सहभागी हुने क्रममा यस शैक्षिक सत्र २०८० काे लागि जुनियर रेडक्रस सर्कलकाे अध्यक्षकाे जिम्मेवारी प्राप्त गरेकाे छु । म यस रेडक्रस सर्कलकाे अध्यक्ष हुँदै गर्दा विधालयमा प्राथमिक उपचार, सरसफाइ, रक्तदान सम्बन्धि कार्यक्रम गर्ने याेजना बनाएको छु । सरसफाइ विधार्थी जीवनकाे एक महत्त्वपूर्ण अङ्ग हाे । विधार्थीहरुकाे शैक्षिक उन्नतिकाे लागि सरसफाइले पनि महत्त्वपूर्ण भुमिका खेल्दछ । रेडक्रसले पिडामा परेकालाई सहयाेग, प्राकृतिक विपत्तिमा परेकाकाे उद्दारमा संलग्न, महामारी लगायतमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने कामहरु गरेकाे छ । म पनि विधालयकाे रेडक्रस सर्कलमा बसेर समुदायमा विपत्ति परेकालाई सहयाेग, महामारी, आगलागी, सरुवा राेग सम्बन्धि जनचेतनामूलक कार्यक्रम गर्ने याेजना बनाएकाे छु । अन्तयमा, यस ” पञ्चमुखी डायरी ” पत्रिकामा मेरा याेजना र मेरा कृतिहरु प्रकाशन गर्न पाउँदा निकै आभारी छु । विधालयकाे तर्फबाट गरिएका सम्पूर्ण गतिविधिहरु यस ” पञ्चमुखी डायरी ” मा प्रकाशन गराउनुहुनेछ भन्ने आशा राखेका छाैँ । ” पञ्चमुखी डायरी ” निरन्तर प्रकाशनको शुभकामना व्यक्त गर्दछु ।
बसन्त उपरकाेटी || अध्यक्ष, जुनियर रेडक्रस सर्कल, कक्षा १० मा अध्ययनरत छात्र ||